बहुविवाह सम्बन्धीको कानुन बारे सरकारले संसदमा धारणा पेश गर्नुपर्छ : सांसद पाण्डे
बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ महिला समन्वय समितिको व्यवस्था भएतापनि आजसम्म कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न समेत माग गरे।
काठमाडौं, साउन २१ : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले बहुविवाह सम्बन्धी कानुन ल्याउनेबारे सरकारको धारणा संसदमा जानकारी गराउन माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ महिला समन्वय समितिको व्यवस्था भएतापनि आजसम्म कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न समेत माग गरे।
‘हाम्रो प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ मा महिला समन्वय समितिको व्यवस्था छ। हाम्रो यो सभाको कार्यकाल आधा भैसक्दा पनि सदनमा तथा कार्यव्यवस्था परमर्श समितिमा बार–बार समिति बनाउन माग गर्दा पनि अझै यो नियमावली कार्यान्वयन भएको छैन,’ उनले भने, ‘महिलालाई प्रत्येक्ष असर गर्ने बहुविवाह, डिम्ब संकलन जस्ता सामाजिक सञ्जालका खबरले समाजमा तरंग सृजना गरिरहेको अवस्थामा महिला समन्वय समितिको गठनको नियमावली व्यवस्थाको कार्यान्वयनको लागि माग गर्दछु।’
सांसद पाण्डे बहुविवाह सम्बन्धि कानुन ल्याउनेबारे सरकारको धारणा के हो त्यो पनि संसदमा जानकारी गराउनुपर्यो।






-1771421086.png)





