Kathmandu Press

स्थानीय पूर्वाधार विकास योजनामा प्रभावकारी कार्यान्वयनको खाँचो : मन्त्री सिंह

‘२०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ। ईन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुङ्गे पुलहरू समेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने।
स्थानीय पूर्वाधार विकास योजनामा प्रभावकारी कार्यान्वयनको खाँचो : मन्त्री सिंह

काठमाडौं, साउन २१ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी वर्षका योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न सबै सरोकारवालालाई आह्वान गरेका छन्।

बुधबार राजधानीमा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री सिंहले स्थानीय पूर्वाधार विकास विभागले चालू वर्षमा गर्ने योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।

‘२०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ। ईन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुङ्गे पुलहरू समेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने।

मन्त्री सिंहले मन्त्रालयमा आफू आएपछि भइरहेको गतिविधिहरूलाई नजिकबाट नियाल्दै समस्याहरूको समाधानका लागि पहल गरिएको बताए।

उनले भने, ‘कहाँ के भइरहेको छ भन्नेमा विशेष ध्यान दिइरहेका छौं। समस्याहरूलाई छलफलमार्फत चाँडो समाधान गर्न सकिन्छ।’

गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएको उल्लेख गर्दै उनले आगामी वर्षमा यसलाई उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, साउन २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्