Kathmandu Press

भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने, रास्वापाद्धारा संसदमा ध्यानाकर्षण 

‘खतरा तरिकाले देश चलाएको छौं भनेर यहाँ उफ्रिने केही अग्रजहरुलाई यो एउटा तमासा हो। संवैधानिक नियुक्तिमा समेत यत्ति हेलच्याक्राईँ?’
भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने, रास्वापाद्धारा संसदमा ध्यानाकर्षण 

काठमाडौं, साउन २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाषा आयोगमा तीन वर्षदेखि एउटै नाम भएको तर अर्का व्यक्ति कृष्णप्रसाद न्यौपानेले सुविधा खाएर बसेको विषयमा संसदमा ध्यानाकर्षण गराएको छ। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद मनिष झाले उक्त विषय खतरा तरिकाले देश चलाएको छौं भनेर उफ्रिने केही अग्रज नेताहरुको लागि एउटा तमासा भएको बताए। 

Hardik ivf

‘भाषा आयोगमा तीन वर्षदेखि अर्को कृष्णप्रसाद न्यौपाने संवैधानिक नियुक्तिमा तीन वर्षसम्म अर्को व्यक्तिले नाम मिल्यो भन्दैमा सुविधा खाएर बसेको रहेछ। देश कसरी चलेको रहेछ भन्ने कुरामा उदाहरण हो यो,’ उनले भने, ‘खतरा तरिकाले देश चलाएको छौं भनेर यहाँ उफ्रिने केही अग्रजहरुलाई यो एउटा तमासा हो। संवैधानिक नियुक्तिमा समेत यत्ति हेलच्याक्राईँ?’

अहिले भाषा आयोग कार्यालयमा रहेका सदस्य कृष्णप्रसाद न्यौपाने मन्त्रिपरिषद्ले नियुक्त गरेका प्रा.डा. न्यौपाने नभएको उनको भनाई छ। 

दुवैको नाम, जिल्ला, पालिका र वडासम्म मिल्छ तर व्यक्तिको अनुहार र योग्यता भने फरक छ। साथै उनले कुलिङ पिरियडमा रामहरि खतिवडाले राजीनामा समेत  दिनुपर्ने बताए।  
 

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, साउन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्