आगामी दुई–तीन वर्षभित्र भृकुटिमण्डपमा अत्याधुनीक प्रदर्शनी स्थल बन्ने छ : अर्थमन्त्री पौडेल
‘यो बजेटमा बोलिएको मात्र हैन कार्यान्वय हुने विषय पनि हो। म एक वर्ष त भन्न सक्दिन दुई वर्षमा पनि नभ्याइन सक्छ तर ढिलोमा पनि सके दुई वर्ष भित्र नभएपनि तीन वर्षभित्र यो भृकुटिमण्डपमा आधुनिक र अत्याधुनिक अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भइसक्नेछ,’ उनले भने।
काठमााडौं, साउन २१ : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी दुईदेखि तीन वर्षभित्र भृकुटिमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने बताएका छन्।
बुधबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)को आयोजनामा बुधबार देखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहमा बोल्दै पौडेलले यस्तो बताएका हुन्।
‘भृकुटिमण्डप परिसरमा अहिले जे जस्ता संरचना छन्, ति संरचना भत्काइने छन् र यहाँ अत्याधुनिक, व्यवस्थित, आर्कषक प्रकारको प्रदर्शनी स्थल बन्ने छ। त्यसका लागि हामीले डिजाइनको लागि विश्व बजारबाट समेत कन्सल्टेन्सी सर्भिस लिन सक्छौं,’ उनले भने, ‘कस्ट्रक्सनका लागि हामीले अन्तराष्ट्रिय निमार्ण व्यवसायीलाई आमन्त्रण गर्न सक्छौं। त्यो तहमा सरकारले सोचिरहेको छ।’
अर्थमन्त्री पौडेलले यो बोल्न मात्र होइन, कार्यान्वयन हुने विषय भएको बताए।
‘यो बजेटमा बोलिएको मात्र हैन कार्यान्वय हुने विषय पनि हो। म एक वर्ष त भन्न सक्दिन दुई वर्षमा पनि नभ्याइन सक्छ तर ढिलोमा पनि सके दुई वर्ष भित्र नभएपनि तीन वर्षभित्र यो भृकुटिमण्डपमा आधुनिक र अत्याधुनिक अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भइसक्नेछ,’ उनले भने।

-1771421086.png)