Kathmandu Press

शिक्षक महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ आजबाट सकियो 

महासंघले गत साउन २ गते साउन २१ गते सम्मका लागि भन्दै सरकारलाई अल्टिमेटम दिएको थियो। शिक्षा विधेयक भने अहिलेसम्म संसदीय समितिमै अल्झिएको छ। 
शिक्षक महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ आजबाट सकियो 
गत चैतमा भएकाे शिक्षकहरूकाे आन्दोलन । फाइल तस्बिर।

काठमाडौं, साउन २१ : विद्यालय शिक्षा विधेयक संसद्बाट पारित गर्न ढिलाई भएको भन्दै नेपाल शिक्षक महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ आजबाट सकिएको छ। 

महासंघले गत साउन २ गते साउन २१ गते सम्मका लागि भन्दै सरकारलाई अल्टिमेटम दिएको थियो। शिक्षा विधेयक भने अहिलेसम्म संसदीय समितिमै अल्झिएको छ। 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहमती भएपछि मात्र बैठकबाट विधेयक पारित गरेर प्रतिनिधिसभामा पेस गरिने छ। 

शिक्ष महासंघले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौं केन्द्रीत आन्दोलन संचालन गरेको थियो। 

त्यस्को परिणामस्वरुप वैशाख १७ गते सरकारले महासंघसँग असार १५ भित्र विधेयक पारित गर्ने प्रतिबद्धतासहित नौ बुँदे सहमति समेत गरेको थियो। उक्त सहमती भएको पनि एक महिना वितिसकेको छ। 

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, साउन २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्