Kathmandu Press

आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या : कुमार दाहाल

‘सर्वप्रथम सुनलाई हामीले जबसम्म व्यवस्थापन गर्न सक्दैनौं। तवसम्म यसको समस्या उभोक्ताहरुसँग सधैंभरि भइरहन्छ। जबसम्म आयातलाई व्यवस्थापन गर्न सकिदैन अथवा नियमन गर्न सकिँदैन,’ उनले भने, ‘तस्करी भन्दिन यो शब्दलाई मैले। यो अवसरवाद हो । कुनैपनि ट्रेडर्स, युवाहरु जहाँ अवसर हुन्छ त्यहाँ कुद्छन्।’ 
आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या : कुमार दाहाल

काठमाडौं, साउन २१ : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या आएको बताएका छन्। 

मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै उनले सुनको समस्या न्यूनिकरणका लागि आयातलाई व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। 

Hardik ivf

‘सर्वप्रथम सुनलाई हामीले जबसम्म व्यवस्थापन गर्न सक्दैनौं। तवसम्म यसको समस्या उभोक्ताहरुसँग सधैंभरि भइरहन्छ। जबसम्म आयातलाई व्यवस्थापन गर्न सकिदैन अथवा नियमन गर्न सकिँदैन,’ उनले भने, ‘तस्करी भन्दिन यो शब्दलाई मैले। यो अवसरवाद हो । कुनैपनि टे«डर्स, युवाहरु जहाँ अवसर हुन्छ त्यहाँ कुद्छन्।’ 

उनले नेपालमा सुनका उद्योग नभएकोले पनि सुन व्यवसायमा समस्या आएको बताए। 

‘हामी काँचो सुन प्रयोग गर्दैनौ । काँचो सुन देवी, देवता, मन्दिरमा काँचो सुन प्रयोग गरे भयो तर उपभोग गर्ने सुन रुपान्तरण गरेर प्रयोग हुन्छ । नेपाल भित्र सुनका उद्योग कति छन्? छँदै छैन। त्यो मर्मत केन्द्र भनेको उद्योग होइन,’ उनले भने, ‘उद्योग विभागमा दर्ता भएर कुनै कच्चा प्रदार्थलाई ३० प्रतिशत भन्दा बढि मूल्य जोडिसकेपछि त्यो उद्योगमा जान्छ र आफ्नो टे«ड अनुसार मूल्य पाउँछ।’ 

यस्तै, परम्परादेखि नै नेपाली समाजमा सुनलाई विशेष महत्व दिइँदै आएको छ। फलाम, चाँदी, आल्मुनियमजस्ता धातुहरूभन्दा सुनको मूल्य महँगो हुनुको कारणबारे अर्थविद चन्द्रमणि अधिकारीले रोचक तर्क प्रस्तुत गरेका छन्।

उनले संस्कार, विवाह, पूजापाठदेखि सामाजिक प्रतिष्ठासम्म सुनको प्रयोग हुँदै आएको र महँगो सामग्रीसँग साट्न थालिएपछि यसको महत्व झनै बढेको बताए। यसरी सामाजिक, सांस्कृतिक र भौतिक दृष्टिकोणबाट हेर्दा सुनको महत्व उच्च रहँदै आएको र यही कारणले यसको मूल्य पनि लगातार बढ्दै गएको अधिकारीले बताए। 
 

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, साउन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्