Kathmandu Press

दुर्गा प्रसाईंलाई छाड्ने उच्चको आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

दुई फरक मुद्दा खेपिरहेका प्रसाईंलाई धरौटीमा छाड्न दिएको उच्चको आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको छ।
दुर्गा प्रसाईंलाई छाड्ने उच्चको आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

काठमाडौं, साउन २० : तीनकुने हिंसात्मक घटनाका मुख्य आरोपी मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।

दुई फरक मुद्दा खेपिरहेका प्रसाईंलाई धरौटीमा छाड्न दिएको उच्चको आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको छ।

Hardik ivf

उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जान लागेको हो। 

यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने निष्कर्ष कार्यालयको छ। 

उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो। प्रसाईं धरौटी बुझाएर राती नै रिहा भएको थिए।

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्