Kathmandu Press

राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि

उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन्। 
राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि

काठमाडौं, साउन २० : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन्  खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए। 

मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन्। 

Hardik ivf

‘राप्ती र बबई जुन जलस्तर खतराभन्दा माथि बढेको हुनाले सूचना जारी नै गरिसकेका छौं। त्यही क्षेत्रमा बादलहरु पनि रहेको हुनाले छिमेकी कर्णाली र महाकाली क्षेत्रमा पनि जलस्तर बढ्न सक्छ। विशेष ध्यान दिनुपर्ने कुरा के हो भने ठूला नदीमा मात्र बढी ध्यान हुने र साना नदीमा कम ध्यान हुनु भएन्,’ उनले भने, ‘त्यो क्षेत्रको सबै ठूलासाना नदीमा ध्यान दिनुपर्छ। राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु हो। त्यो क्षेत्रमा धेरै चहलपहल हुनु भएन, मान्छेहरु जानु भएन।’

यस्तै, उनले सहरी विकास मन्त्री प्रकाशमान सिंहले रेड अलट भएको क्षेत्रमा के भइरहेको छ, कसरी अगाडि बढ्ने भनेर निर्देशन दिएको भन्दै मधेशको अवस्थाबारे पनि जानकारी लिनु लिएको जानकारी दिए।
 

प्रकाशित मिति: ११:२८ बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्