Kathmandu Press

भारतबाट लुकिछिपि आएका ७५ जना क्वारेण्टाइनमा

काठमाडौं, वैशाख ३० : भारतको वनवासा क्षेत्रबाट सीमा नाकामा लुकिछिपि प्रवेश गरेका ७५ जना नेपालीलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्वारे....

भारतबाट लुकिछिपि आएका ७५ जना क्वारेण्टाइनमा

काठमाडौं, वैशाख ३० : भारतको वनवासा क्षेत्रबाट सीमा नाकामा लुकिछिपि प्रवेश गरेका ७५ जना नेपालीलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएको छ ।

सीमा क्षेत्रमा लुकिछिपि आएका सबैलाई नियन्त्रणमा लिई क्वारेण्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। लुकिछिपि आउनेमा चार महिला समेत रहेका छन ।

उनीहरु भारतीय क्वारेण्टाइनमा बस्दै आएको व्यक्ति भएको बताइएको छ । (रासस)  

प्रकाशित मिति: ०७:११ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्