Kathmandu Press

भारतमा कोरोना संक्रमितको सख्या ७० हजार नाघ्यो

काठमाडौं, वैशाख ३० : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्....

भारतमा कोरोना संक्रमितको सख्या ७० हजार नाघ्यो

काठमाडौं, वैशाख ३० : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ६०७ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ ।

४५ हजार ९२५ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २२ हजार ५४९ जना निको भएका छन् । संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा  खुकुलो बनाउँदै लगिएको छ । 

प्रकाशित मिति: ०६:४१ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्