प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख
छलफलमा सभामुखको सचिवालयका अनुसार बैठक केहीबेरअघिबाट सुरु भएको हो। छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत सहभागी छन्।
काठमाडौं, साउन १९ : सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्।
छलफलमा सभामुखको सचिवालयका अनुसार बैठक केहीबेरअघिबाट सुरु भएको हो। छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत सहभागी छन्।
बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल हुने बताइएको छ। प्रतिनिधिसभाको बैठक आज १ बजे बस्ने कार्यकतालिका छ।
प्रकाशित मिति: ११:५३ बजे, सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार