Kathmandu Press

नेफेजले पत्रकारहरुलाई बाँड्यो व्यक्तिगत सुरक्षाका सामग्री 

काठमाडौं, वैशाख २९ : नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले कोभिड–१९ को अग्रमोर्चामा रहेर रिपोर्टिङ गर्ने पत्रकारहरुलाई पीपीई सेटलगायतका स्व....

नेफेजले पत्रकारहरुलाई बाँड्यो व्यक्तिगत सुरक्षाका सामग्री 

काठमाडौं, वैशाख २९ : नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले कोभिड–१९ को अग्रमोर्चामा रहेर रिपोर्टिङ गर्ने पत्रकारहरुलाई पीपीई सेटलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ। 

समूहले सोमबार संस्थागत दायित्व आत्मसात गर्दै राष्ट्रिय दैनिकका पत्रकार र फोटोपत्रकार तथा टेलिभिजनकर्मीलाई ती सामग्री हस्तान्तरण गरेको हो। कोरोना भाइरसको संक्रमण र त्यसका बिरामीहरुबारे स्थलगत रिपोर्टिङमा खटिएका पत्रकारहरुको स्वास्थ्य सुरक्षाप्रति चासो राखेर सामग्री हस्तान्तरण गरिएको नेफेजले जनाएको छ।

समूहका अध्यक्ष कसमस विश्वकर्माले सोमबार एक अनौपचारिक कार्यक्रममा पीपीई सेट, ह्यान्ड स्यानिटाइजर, मास्क  र पन्जा पत्रकारहरुलाई हस्तान्तरण गरेका थिए। सबै सामग्री एक–एक सेट प्रदान गरिएको हो। एउटा सञ्चार संस्थाका पत्रकार र फोटो पत्रकार गरी दुई जनालाई यी सामग्री उपलब्ध गराइएको हो।

अध्यक्ष विश्वकर्माले कोरोना महामारीको अग्रमोर्चामा सक्रिय रुपमा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरु स्वस्थ भएमात्र सत्य तथ्य सूचना प्रवाह हुने र सूचना विना यसको रोकथाम तथा नियन्त्रण सम्भव नभएको महसुस गरेर सामग्री हस्तान्तरण गरिएको बताए। 

समूहले नेदरल्याण्डस्थित सहयोगी संस्था फ्रि प्रेस अनलिमिटेडको आर्थिक सहयोगमा यी सामग्री खरिद गरी उपलब्ध गराएको हो। 

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्