लोकतन्त्र खतरामा रहेको कांग्रेस नेता डा.कोइरालाको दाबी
ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेका कारण नागरिकमा सुशासनको अनुभूति हुन नसकेको कोइरालाको भनाई थियो।
विराटनगर, साउन १८ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्र खतरामा रहेको दाबी गरेका छन्।
विराटनगरमा गुराँस पुस्तकालयले आइतबार आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले उक्त भनाई राखेका हुन्।
ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेका कारण नागरिकमा सुशासनको अनुभूति हुन नसकेको कोइरालाको भनाई थियो।
नेता कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा परेको दाबी गरे।
‘लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको छ,’ उनले भने।
मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको डा. कोइरालाको भनाई छ। ‘मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न मिल्दैन,’ नेता कोइरालाले भने।












