Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ शुरु 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादीको विषयमा एकसाथ सुनुवाई अघि बढेको हो। 
नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ शुरु 

काठमाडौं, साउन १८ : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइ शरु भएको छ। 

न्यायाधीश डा.दिवाकर भट्टको इजलासमा आइतबारदेखि सुनुवाई शुरु भएको हो। 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादीको विषयमा एकसाथ सुनुवाई अघि बढेको हो। 

कांग्रेसका नेता खाणसहितका केही प्रतिबादी अदालतले मागेको धरौटी रकम बुझाएर थुना बाहिर बसी मुद्दाको प्रतिबाद गर्दै आएका छन् । 
उनीहरूविरूद्ध सरकारले दर्ता गरेको ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरसम्बन्धी अभियोगमा एकसाथ सुनुवाई अघि बढेको हो । 

प्रकाशित मिति: १४:१० बजे, आइतबार, साउन १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्