विकासका लागि अवरोध भएका ऐन, कानुन वा नियमावलीहरु संशोधन गरिन्छ : मन्त्री शाही
वर्तमान सरकार विकासलाई जनमैत्री बनाउन प्रतिवद्ध रहेको बताउँदै मन्त्री शाहीले केही समस्याहरु भौतिक मन्त्रालयको सहकार्यमा सहजीकरण गर्दै आएको बताए।-1754208512.png)
काठमाडौं, साउन १८ : बन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले प्रदूषण न्युनिकरण गर्न सबैसँग मिलेर काम गर्न सरकार तयार गरेको बताएका छन्।
आइतबार एक कार्यक्रमाबिच बोल्दै उनले काठमाडौं उपत्यका वातावरण हिसाबले प्रदूषणबाट प्रभावित भएको भन्दै प्रदूषणले गर्दा मानव स्वास्थ्यदेखि विभिन्न किसिमका समस्या भोग्नु परेको बताए।
वर्तमान सरकार विकासलाई जनमैत्री बनाउन प्रतिवद्ध रहेको बताउँदै मन्त्री शाहीले केही समस्याहरु भौतिक मन्त्रालयको सहकार्यमा सहजीकरण गर्दै आएको बताए।
विकासका काममा भएका अवरोधहरु हटाइ काम थप सुदृढ बनाउन ऐन, कानुन वा नियमावलीहरुको संशोधन प्रक्रिया धेरै अघि बढाइएको बताए।
‘काठमाडौं उपत्यका वातावरण हिसाबले अत्यन्तै प्रदूषणबाट प्रभावित छ। विशेषगरी मानव स्वस्थ्यदेखि विभिन्न समस्या भोग्नु परेको छ। यसको न्यूनीकरण गर्न वन तथा वातावरण मन्त्रालय र नेपाल सरकार मिलेर काम गरिरहेको छौं,’ उनले भने, ‘भौतिक मन्त्रालयको सहकार्यमा केही समस्याहरु सहज बनाउँदै लगिएको छ। ऐन, कानुन र नियमावलीमा संशोधन प्रक्रिया अघि बढाइएको छ।’












