‘फेरि नयाँ विद्रोहको तयारीमा छु’
‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने,जालझेलहरु गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन्,’ उनले भने।-(4)-1754201203.jpg)
काठमाडौं, साउन १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन्।
आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक-पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए।
‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने,जालझेलहरु गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन्,’ उनले भने।
अध्यक्ष दाहालले प्रतिक्रियावादीलाई परास्त गर्न एकपटक फेरि नयाँ विद्रोहको आवश्यकता रहेको बताउँदै त्यसको तयारी पार्टीले गरिरहेको बताए।
‘एकचोटि फेरि नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अगाडि बढ्दै छौं,’ उनले भने, ‘नयाँ खालको विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पकासाथ हिडिरहेको छौं। मैले गर्ने प्रतिबद्धता पनि यही नै हो। र यसको तयारी पनि गरिरहेको छु।’
उनले सबै जिल्लामा हजारौंको संख्यामा सहिदहरुको रगत बगेको बताउँदै अध्यक्ष दाहालले अहिले त्यसको महानता र कृतिलाई अपमानित गर्न ठूलो कसरत भइरहेको बताए।












