Kathmandu Press

प्रजातन्त्रदेखि गणतन्त्र प्राप्तिका लागि योगदान गरेका सहिदहरूको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध 

उनले आफू ८३ वर्ष पुगेको भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई लक्षित गर्दै स्वस्थ्य रहन सुझाव दिए। 
प्रजातन्त्रदेखि गणतन्त्र प्राप्तिका लागि योगदान गरेका सहिदहरूको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध 

काठमाडौं, साउन १७ : नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले प्रजातन्त्रदेखी गणतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुको नाम संकलन गर्न अनुरोध गरेका छन्। 

बिहीबार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँ द्वारा आयोजित तारापति भट्टराई स्मृतिग्रन्थ विमोचन कार्यक्रममा उनले विभिन्न कालखण्डमा देशका  लागि योगदान गरेका व्यक्तिका बारेमा खोजी गर्न आग्रह गरेका हुन्।

Hardik ivf

‘हामी पार्टीमा हुँदाखेरी जिल्ला जिल्लाका सहिद, कर्मठ व्यक्तिहरुका बारेमा ध्यान दिनुस्। देशका विभिन्न जिल्लाहरुमा राणाकाल देखी गणतन्त्रकालसम्म आइपुग्दा जतिले पसिना लगाएका छन् त्यसमा महत्वपूर्ण व्यक्तिहरुलाई संकलन गर्नुस्,’ उनले भने।
 
उनले आफू ८३ वर्ष पुगेको भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई लक्षित गर्दै स्वस्थ्य रहन सुझाव दिए। 

यस्तै उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले तारापति भट्टराईको जीवनशैलीप्रति आफू प्रभावित भएको भन्दै समाज परिवर्तनका सन्र्दभमा यथास्थितीलाई बदल्नुपर्ने बताए। 
 
प्रकाशित मिति: २०:४३ बजे, शनिबार, साउन १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्