Kathmandu Press

अनसनरत भट्टराई र सरकारबीच छलफल

शनिबार विहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइए पनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ।
अनसनरत भट्टराई र सरकारबीच छलफल

काठमाडौं, साउन १७ : संघीय सरकारसमक्ष सातबुँदे माग राखेर काठमाडौंको माइतीघर मन्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीयबिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन्।

शनिबार विहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइए पनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ।

वन तथा वातावरण मन्त्रालय र शहरी विकास मन्त्रालयका उच्च स्तरका कर्मचारीहरुले भट्टराईले उठाएका मुद्दाहरुका बारे छलफल गरेर सम्झौताको खाका तयार गरेपनि त्यसले अन्तिम रुप पाउन नसकेको भट्टराई निकट एक सहयोगीले जानकारी दिए। 

आइतबारसम्म दुवै पक्षबीच सहमति हुने र अनसन तोड्ने तयारी गरिएको छ।

नगरप्रमुख भट्टराईले बाँसका सामग्री तथा कोदोबाट उत्पादन गरिने घरेलु रक्सीको प्रवद्र्धन, बाँदर तथा भ्रष्टाचार नियन्त्रणलगायतका सातबुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा साउन ११ गतेबाट सत्याग्रह सुरु गरेका थिए।

साउन १४ गते देखि बसेको आमरण अनशनमा शनिबार बिहान माइतीघर मण्डलामा वन तथा वातावरण मन्त्री शाहीले भेट वार्ता गरेका थिए। 

प्रकाशित मिति: १९:२६ बजे, शनिबार, साउन १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्