सहिदहरुका सङ्कल्पलाई पूरा गर्न युवा पुस्ता दृढताका लाग्नुपर्छ : ओली
उनले देशभक्तिपूर्ण आन्दोलन, समृद्धिको सपना, वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न आजको पुस्ता दृढताका साथ लाग्नुपर्ने बताएका हुन्।-(2)-1754135071.jpeg)
काठमाडौं, साउन १७ : प्रधानमन्त्री केपी ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा २८औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशभक्तिपूर्ण आन्दोलन, समृद्धिको सपना, वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न आजको पुस्ता दृढताका साथ लाग्नुपर्ने बताएका हुन्।
उनले सबैले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपर्ने बताए।
संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण पनि गरेका छन्।
कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा. श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो।












