Kathmandu Press

एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

‘मैले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरुले नै विद्रोह गरेका हुन्। मैले ठिक ठाँउमा आउ भनेकाले निरंकुश र तानाशाही शक्ति लगाएर निकालियो,’ उनले भने, ‘मैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिडेन भनेको थिएँ, त्यसको पुष्टि अहिले भएको छ।’
एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

काठमाडौं, साउन १७ : नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन्। 

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन्। 

Hardik ivf

‘मैले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरुले नै विद्रोह गरेका हुन्। मैले ठिक ठाँउमा आउ भनेकाले निरंकुश र तानाशाही शक्ति लगाएर निकालियो,’ उनले भने, ‘मैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिडेन भनेको थिएँ, त्यसको पुष्टि अहिले भएको छ।’

उनले नेपालका सबै राजनीतक दलहरु राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए। 

‘म टिप्पणी गर्दिनँ, तर नेपालका सबै राजनीतिक दलहरु राष्ट्रिय हित र मर्यादामा छैनन् । पार्टीहरुले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाँडभैलो त्यसकै कारण भएको हो,’ उनले भने। 
 
प्रकाशित मिति: १५:५० बजे, शनिबार, साउन १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्