Kathmandu Press

संखुवासभा बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट झापको दमक जाँदै गरेको बा २ प ७२४४ नम्बरको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्।
संखुवासभा बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

संखुवासभा साउन १७ : संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा यात्रु बोकेको बस दुर्घटनामा परेको छ। 

संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट झापको दमक जाँदै गरेको बा २ प ७२४४ नम्बरको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। ती मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस सडकदेखि करिब १० मिटर तल खसेको थियो। 

Hardik ivf

घाइते हुनेमा धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन  विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, ९ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक छन्। 

घाइतेमध्ये धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उनलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। 

अन्य घाइतेको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १५:०२ बजे, शनिबार, साउन १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्