Kathmandu Press

भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो 

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेपछि शनिबार बिहानबाट आवागमन रोकिएको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो 

रामेछाप, साउन १७ : रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुलको किनारमा खोलाले कटान गरेपछि सवारी आवागमन रोकिएको छ। 

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेपछि शनिबार बिहानबाट आवागमन रोकिएको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

खोलाको बहावले पुलको पकरबासपट्टिको भागमा हान्दा सडकको भाग खोक्रो बनेको छ। ‘हाललाई दुई पाङ्ग्रे सवारी चल्न दिए पनि ठुला सवारी साधन चल्न सक्ने अवस्था छैन,’ वडाध्यक्ष पौडेलले भने।

पुलको भाग खोलाले खोल्न लागेपछि मर्मतको काम सुरु भएको भए पनि शुक्रबार राति आएको बाढीले त्यो बगाइदिएको पौडेलले जानकारी दिए। तत्काल मर्मत नगर्ने हो भने पुल नै जोखिममा रहेको उनले बताए।  

खोलाले पुल खोल्न लागेपछि यस अघि नै वडा कार्यालयले सम्बन्धित निकायमा पत्राचार गरेको थियो । तर समयमा नै काम सुरु नहुँदा थप क्षति भएको छ। ‘सुरुमा नै काम थाल्न पाएको भए यति क्षति हुने थिएन, जति ढिला ग¥यो त्यति धेरै क्षति हुने अवस्था छ,’ उनले भने। 

भटौली खोलाको सो पक्की पुल रामेछापका तीनवटा गाउँपालिका जाने प्रमुख र  काठमाडौं जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ। 

गत वर्ष खुर्कोटको पुल बगाउँदा रामेछाप र दोलखा जाने गाडीले समेत यही बाटो प्रयोग गरेका थिए। 

अहिले पनि खुर्कोटको पुलबाट तार्न नमिल्ने ठुला सवारी साधनहरू यही बाटो हुँदै काठमाडौं र तराइबाट आउजाउ गर्ने गर्दछन्।
 

प्रकाशित मिति: ११:४७ बजे, शनिबार, साउन १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्