Kathmandu Press

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफलका क्रममा मन्त्री खड्काले पानीको सङ्कट समाधानका लागि जलस्रोत विधेयकलाई शीघ्र पास गर्नुपर्नेमा जोड दिए।
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक रहेको बताएका छन्। 

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफलका क्रममा मन्त्री खड्काले पानीको सङ्कट समाधानका लागि जलस्रोत विधेयकलाई शीघ्र पास गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

‘यो मुलुकको हितका लागि बनाइएको कानुन हो, सांसदहरूले दिनुभएको राय सुझावलाई ग्रहण गरेर सरकारले जलस्रोत विधेयकलाई शीघ्र टुङ्ग्याउनुपर्छ,’ उनले भने।

मन्त्री खड्काले विधेयकमार्फत स्थानीय तह र प्रदेश सरकारलाई सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा जोड दिए।

समितिका सभापति तुलसाकुमारी दाहालले सबै सांसदहरूले दिनुभएको राय सुझावलाई ग्रहण गरेर विधेयकलाई टुंगो लगाइने बताइन् । उनले विधेयकमा सच्याउनुपर्ने विषयलाई सच्याएर शीघ्र टुंगेमा पुर्‍याउने उल्लेख गरिन्। 

छलफलमा सांसदहरू कृष्णप्रसाद सिटौला, डा. वेदुराम भुसाल, डा. अन्जान शाक्यलगायतले छुटेका विषयलाई समेटेर विधेयकलाई समृद्ध र समयानुकूल बनाइनुपर्ने बताएका थिए। 

प्रकाशित मिति: ०७:२२ बजे, शनिबार, साउन १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्