Kathmandu Press

ऋण दिने साहु नै पीडित भएपछि...

धनुषाको मिथिला बिहारी वडा नं. १० ठेराका नागरिक समाजका अगुवाहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री एवम गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ऋण दिने साहु नै पीडित भएपछि...

धनुषा, साउन १७ : धनुषामा ऋण दिने साहु महाजनहरु नै अन्याय भइरहेको भन्दै नागरिक समाजले प्रदर्शन गर्नुका साथै ध्यानाकर्षण पत्र बुझाएका छन्। 

धनुषाको मिथिला बिहारी वडा नं. १० ठेराका नागरिक समाजका अगुवाहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री एवम गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

धनुषाको ठेरामा सरकारले लागू गरेको नियमअनुसार वडामा दर्ता गराई ऋण दिने केही साहू महाजनहरुको बिचल्ली भएको भन्दै सो ठाउँका नागरिक समाजका अगुवाहरुले आवाज उठाएका हुन्।

उनीहरुले जुलुससहित शुक्रबार जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई समस्या सुनाउनुका साथै ध्यानाकर्षण पत्र समेत बुझाए।

उनीहरुले अदालत गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले आनाकानी गरेको आरोप लगाएका छन्। ऋण दिने साहुले प्रक्रिया पुराएर दिएको ऋण असुलउपर गर्न नसकेपछि अदालतको सहारा लिएर भएको फैसलाको कार्यान्वयनमा प्रहरी प्रशासनले लापरवाही गरिरहेको ठेराका स्थानीय एंव नागरिक समाजका प्रमोदकुमार यादवले बताए।

उनले अहिले ऋण दिने साहु नै अन्यायमा परेको गुनासो गरेका छन्। उनले अनुचित लेनदेन समितिबाट साहूहरुलाई कानुन विपरीत अनावश्यक दबाब दिएको आरोप लगाए।

उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दायर गरी सो मुद्दाहरुमा मातहतका प्रहरी कार्यालयलाई लेनदेनको विषयमा कुनै प्रकारको दबाब नदिनु नदिलाउनु भनि अन्तरिम आदेश जारी भएपश्चात पनि प्रहरीबाट फोनमार्फत विभिन्न प्रकारको दवाव दिएको यादवले बताए।

उनले विभिन्न समितिको नाममा गाउँघरमा गलत हल्ला फैलाएर केही व्यक्तिहरुले आतंक मचाउन खोजेको भन्दै सरकारसंग त्यस्ता व्यक्तिलाई कारवाही गर्नुका साथै अदालतले दिएको फैसला कार्यान्वयनमा सहजिकरणका लागि आफूहरुले ध्यानाकर्षण पत्र बुझाएको बताए।

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, साउन १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्