Kathmandu Press

लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ : गृहमन्त्री

‘लागूऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ। त्यसैले हामीले एक वर्षमा लागूऔषधविरुद्धको महाअभियान लागू गरेका थियौं, त्यो अभियान सार्थक भएको छ,’ उनले भने।
लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ : गृहमन्त्री

काठमाडौं, साउन १६ : गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन्। 

शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण व्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागूऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए।

‘लागूऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ। त्यसैले हामीले एक वर्षमा लागूऔषधविरुद्धको महाअभियान लागू गरेका थियौं, त्यो अभियान सार्थक भएको छ,’ उनले भने।

Hardik ivf

विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागूऔषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए। 

‘आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतिको सामना गर्नु छ । स्रोत साधानको कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ। त्यो यो एक वर्षमा देखिएको छ,’ उनले भने। 

लागूऔषधको विगविगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

‘खास गरेर युवाहरुमा यसको लत देखिएको छ। देशको भविष्य जोडिएको युवा शक्ति लागू औषधमा फसको देखिएको छ,’ उनले भने, ‘लागूऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ। लागूऔषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन। लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ। यो प्रहरीको मात्र होइन, सबै मानिसको जिम्मेवारी हो।’ 

गृहमन्त्री लेखकले लागू औषध व्युरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए। ‘लागूऔषध व्यूरोलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ,’ उनले भने। 

गृहमन्त्रीले लागूऔषध व्यूरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए। 
 

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, साउन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्