Kathmandu Press

फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन 

मन्त्री गुरुङका अनुसार आफुले मन्त्री भए लगत्तै पटक पटक फाइभ जी नेटर्वक सुरु गर्ने भन्दै आएपनि एक वर्ष पुगिसक्दा त्यसको कार्य सम्पादन नहुनु दुख लाग्दो विषय रहेको बताएका छन्।
फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन 
फाइल तस्बिर।

काठमाडौं, साउन १६ : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन्।
 
मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२÷८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्यापाक बनाउँदै फाइभ जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन्। 

मन्त्री गुरुङका अनुसार आफुले मन्त्री भए लगत्तै पटक पटक फाइभ जी नेटर्वक सुरु गर्ने भन्दै आएपनि एक वर्ष पुगिसक्दा त्यसको कार्य सम्पादन नहुनु दुख लाग्दो विषय रहेको बताएका छन्।

Hardik ivf

उनले अब भने चाडो भन्दा चाडो नेटर्वक विस्तारमा काम गर्नु पर्ने बताए। त्यस्तै, छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रुपले मात्रै जिल्लाभर पुग्नु प्रयाप्त नरहेको स्पष्ट पारे। 

उनले फोर जि नेटर्वक हरेक जनताका घर घरमा पुर्याउने काम प्राथमिकतामा राख्नुपर्ने बताए। 

उनले इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजीटल फ्रेमवर्क उदेश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महशुस गर्नबाट बञ्चीत रहने, डिजीटल सुशासन कायम गर्न चुनौति देखा पर्ने हुँदा दुरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न आग्रह गरे। 

यसैगरी उनले राजमार्गहरुमा देखा पर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटीए र एनटिसीलाई ध्यानार्काषण गराएका छन्। उनले पर्यटन प्रवद्र्धन गर्न इन्टरनेट र टेलिफोन सुविधा अत्यन्त जरुरी हुने भन्दै पर्यटकीय गन्तव्यहरुमा नेटवर्क विस्तार प्रभावकारी बनाउन आग्रह गरे। 

मन्त्री गुरुङले नेपाल टेलिकमको प्रचार प्रसार गतिविधि निकै कम भएको औँल्याउदै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा प्रचार गरेर एनटीसीबारे जनतालाई सुसुचित गराउन अनुरोध गरेका छन्। 

छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटीएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनु पर्ने बताइन्। उनले सूचनाप्रविधिको क्षेत्रमा नविन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजना समेत बनाउन निर्देशन दिएकी छन्। 
 

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, साउन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्