Kathmandu Press

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभामा पेश सोमबार हुने 

राष्ट्रपतिले फिर्ता पठाएको उक्त विधेयक संसद सचिवालयमा पुगेको छ। विधेयक साउन १९ गते सोमबार प्रतिनिधिसभामा पेस गर्ने तयारी भएको हो। 
राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभामा पेश सोमबार हुने 

काठमाडौं, साउन १६ : राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ सोमबार प्रतिनिधिसभामा पेस गरिने भएको छ। 

राष्ट्रपतिले फिर्ता पठाएको उक्त विधेयक संसद सचिवालयमा पुगेको छ। विधेयक साउन १९ गते सोमबार प्रतिनिधिसभामा पेस गर्ने तयारी भएको हो। 

राष्ट्रपति पौडेलले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभामा पेस भएपछि निर्णय गरेर राष्ट्रियसभामा पठाइने छ। 

राष्ट्रियसभाबाट निर्णय भई फेरि प्रतिनिधिसभामा पठाइने छ । त्यसपछि सभामुखले प्रमाणित गरी प्रक्रियागत रुपमा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने कानुनी व्यवस्था छ। 

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, साउन १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्