Kathmandu Press

पार्टीबाट बिदा लिन नेता खनाललाई अध्यक्ष नेपालको सुझाव

शुक्रबार विराटनगर पुगेका अध्यक्ष नेपालले विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए। 
पार्टीबाट बिदा लिन नेता खनाललाई अध्यक्ष नेपालको सुझाव

मोरङ, साउन १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेको भन्दै पार्टीबाट बिदा हुन सुझाव दिएका छन्।

शुक्रबार विराटनगर पुगेका अध्यक्ष नेपालले विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए। 

अध्यक्ष नेपालले खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाइको अर्थ नरहेको समेत बताए।

यस्तै, नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले  पुनः राजनीतिमा छिर्न रोक नलगाएको पनि बताए। पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले व्यक्तिगत निर्णय अनुसार कदम चाल्नसक्ने धारणा नेपालको थियो। 

उनले शेरबहादुर देउवा र केपी ओली एक ठाउँमा हुँदासम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए।

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, साउन १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्