Kathmandu Press

सहकारीको ६ करोड ठगी आरोपमा पत्रकार तथा हिसान उपाध्यक्ष सिलवाल पक्राउ

भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड गठी गरेको अरोपमा चितवन निवासी सिलवाललाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।
सहकारीको ६ करोड ठगी आरोपमा पत्रकार तथा हिसान उपाध्यक्ष सिलवाल पक्राउ

काठमाडौं, साउन १५ : सहकारीको रकम ठगी गरेको आरोपमा पत्रकार तथा कलेज सञ्चालक रामहरि सिलवाल पक्राउ परेका छन्। 

भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड गठी गरेको अरोपमा चितवन निवासी सिलवाललाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो। सिलवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पकाउ गरी भैरहवा पठाउने तयारी गरिएको छ। 

Hardik ivf

पत्रकार सिलवाल कोटेश्वरमा रहेको हिमालयन कलेजका सञ्चालक पनि हुन्। उनी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०का उपाध्यक्ष समेत हुन् । उनी विगतमा एमाले चितवन काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष समेत थिए।

बिहीबार नै प्रहरीले सहकारी ठगेर ६ वर्षदेखि फरार रहेका अध्यक्ष अशोक केसीलाई पनि पक्राउ गरेको छ। उनी भक्तपुरबाट पक्राउ परेका हुन्। 

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, साउन १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्