Kathmandu Press

‘खानेपानीलाई मैलिक अधिकारको विषय मात्र नभई प्राथमिकताको विषय बनाउनुपर्छ’

‘खानेपानीलाई मैलिक अधिकारको विषय मात्र हैन मौलिक अधिकारको पनि प्राथमिकतामाको विषय ठानेर आमरुपमा जहाँ खानेपानीको समस्या छ त्यो माग गरेर त्यसलाई पुरा गर्ने योजना प्राथमिकताको योजना बनाउनु पर्यो,’ उनले भने।
‘खानेपानीलाई मैलिक अधिकारको विषय मात्र नभई प्राथमिकताको विषय बनाउनुपर्छ’

काठमाडौं, साउन १५ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खानेपानीलाई मैलिक अधिकारको विषय मात्र नभई यसलाई प्राथमिकताको विषय बनाउनुपर्ने बताएका छन्। 

बिहीबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खानेपानीलाई पहिलो प्राथमिकताको योजना बनाएर काम गर्नुपर्ने बताएका हुन्। 

‘खानेपानीलाई मैलिक अधिकारको विषय मात्र हैन मौलिक अधिकारको पनि प्राथमिकतामाको विषय ठानेर आमरुपमा जहाँ खानेपानीको समस्या छ त्यो माग गरेर त्यसलाई पुरा गर्ने योजना प्राथमिकताको योजना बनाउनु पर्यो,’ उनले भने।

उनले खानेपानीको अभावका विषयमा जनतासँग, स्थानीय निकायसँग त्यसको माग गर्नुपर्ने बताए। 

‘यो खानेपानीको विषय कस्तो बनाउनु पर्यो भने नेपालमा अहिले स्वच्छ खानेपानीको अभाव कहाँ कहाँ छ भनी आधारभूतरुपमा खानेपानीकै अभाव जनतासँग, स्थानीय निकायसँग त्यसको माग गर्नुपर्यो र यसलाई पहिलो प्राथमिकताको योजना बनाएर जहाँ माग भएको छ त्यो बास्तुयोग्य हो की हैन सम्बन्धित निकायले त्यसको सर्वेक्षण गर्ने गर्नुपर्छ,’ उनले भने। 

यसैगरी नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराईका जिल्लाहरुमा हरेक पाँच किलोमिटर पानी पोखरी निमार्ण गर्नुपर्ने बताए। 

‘राजमार्गभन्दा उत्तर–दक्षिण हरेक पाँच किलोमिटरमा पोखरी निमार्ण गर्ने, आठ जिल्लामा ४० वटा पोखरी निर्माण गरौँला। यो पोखरी रिचार्ज गर्नुका साथै निमार्ण गर्न सुरु गरिहाल्नुपर्छ,’ उनले भने, ‘जहाँ–जहाँ पानी जम्मा गर्न सकिन्छ जम्मा गर्दै जानुपर्छ। यसका लागि २५÷३० हजार कामदार खटाउने हो भने दुई÷तीन महिनामा हामीले परिणाम दिन सक्छौं।’ उनले भने। 
 

प्रकाशित मिति: १७:५० बजे, बिहीबार, साउन १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्