Kathmandu Press

विद्युत विधेयकमा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छ : सभापति सिंह

‘यो विधेयक विभिन्न कारणले गर्दा लम्बिएको म स्वीकार गर्छु। पार्टीगत कार्यक्रमहरु धेरै भएको कारणले गर्दा त्यती समय दिन सकि रहेको छैन। तर यो विषयमा समितिले दबाबरहित भएर काम गरिरहेको छ,’ उनले भने।
विद्युत विधेयकमा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छ : सभापति सिंह

काठमाडौं, साउन १५ : पूर्वाधार विकास समितिका सभापति एंव राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले ‘विद्युत विधेयक २०८०’ मा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छ भन्ने उद्देश्य समितिले बोकेको बताएका छन्। 

बिहिबार ‘विद्युत विधेयक २०८०’ को व्यवस्था बारे समिति र सरोकारवालाबीच भएको अन्तरक्रियामा उनले विधेयकका बारेमा मन्त्री, मन्त्रालय, सरोकारवाला सबैसँग विभिन्न चरणमा छलफलहरु अगाडि बढाई रहेको भन्दै समितिको उद्देश्य भनेको राष्ट्र हित, जनहित र ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण यो विधेयकमा हुनुपर्छ भन्ने रहेको बताए। 

Hardik ivf

‘समितिको तर्फबाट ६११ संशोधन र ६१ समुहमा माननियहरु बाडिएका थिए, ३० भन्दा बढि औपचारिक बैठकहरु हामीले गरिसकेका छौं । ५० भन्दा बढि अनौपचारिक विज्ञ र सरोकारवालाहरुसँग हामीले सहकार्य र विधेयकको बारेमा छलफल गरेका छौं,’ उनले भने, ‘मन्त्रालयसँग पनि विभिन्न चरणमा १० देखि १५ वटा मन्त्रि र मन्त्रालयका राष्ट्रसेवकहरुसँग बसेर छलफल गरेका छौं। समितिको उद्देश्य भनेको राष्ट्र हित, जनहित र ६५ लाख सहभागि नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण यो विधेयकमा होस भन्ने हो।’

सभापति सिंहले पार्टीगत कार्यक्रमहरु धेरै भएको कारणले यो विधेयक लम्बिएको स्वीकार गर्दै अब दबाबरहित भएर समितिले काम गर्ने बताए। 

‘यो विधेयक विभिन्न कारणले गर्दा लम्बिएको म स्वीकार गर्छु। पार्टीगत कार्यक्रमहरु धेरै भएको कारणले गर्दा त्यती समय दिन सकि रहेको छैन। तर यो विषयमा समितिले दबाबरहित भएर काम गरिरहेको छ,’ उनले भने।

विजुलीलाई नेपालका कल, कारखाना, उद्योग र नेपालीको आवश्यकता अनुसार परिचालन गर्ने कुरा पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्दै त्यसबाट बचेको विद्युत मात्र छिमेकी मुलुकहरुलाई बेच्नु पर्ने समितिको धारणा रहेको पनि उनको भनाई छ। 

सोही क्रममा समितिका सदस्य शक्ति बस्नेतले पनि बदलिँदो सन्दर्भमा विद्युतको उत्पादन जसरी बढि रहेको छ, त्यो आन्तरिक उपभोगको क्षमता भन्दा बढि नै भएको कारण बचत भएको विजुलीलाई विक्रि गर्नुपर्ने बताए।
 

प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, साउन १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्