बालुवाटार बैठकमा बागमती सरकारबारे प्रधानमन्त्रीको चासो
बिहीबार भएको छलफलमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग बागमती प्रदेश सरकारबारे चासो राखेका हुन्।
काठमाडौं, साउन १५ : प्रधानमन्त्री केपी ओलीले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसका नेताहरुसँग चासो राखेका छन्।
बिहीबार भएको छलफलमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग बागमती प्रदेश सरकारबारे चासो राखेका हुन्।
बैठकमा सहभागी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भएको थियो । सोहीक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारबारे कांग्रेसका सभापति देउवासहितका नेताहरुलाई सोधेका थिए।
जवाफमा कांग्रेस सभापति देउवाले पार्टीको आन्तरिक बिषय छिट्टै मिलाउने भनाई राखेका थिए। बागमतीको विषय कांग्रेसभित्रको रहेकाले चाँडै मिल्ने भनाई देउवाको थियो।
प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












