Kathmandu Press

कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल 

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतासहित दुवै पार्टीका अरु नेता पनि छलफलमा छन्। 
कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल 
फाइल तस्बिर।

काठमाडौं, साउन १५ : सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छलफलमा जुटेका छन्। 

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतासहित दुवै पार्टीका अरु नेता पनि छलफलमा छन्। 

प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवासहित छलफलमा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् हेरफेरको चर्चा चलिरहेका बेला शिर्ष नेताहरुविच छलफल शुरु भएको हो। सरकार गठनको एक वर्षपछि मन्त्री हेरफेरको तयारीमा प्रधानमन्त्री ओली छन्। 

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, साउन १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्