Kathmandu Press

नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ : मन्त्री साह

‘हाम्रो देशले राम्रो प्रगति गरेको छ। हाम्रो संविधानले महिला र पुरुषलाई कसरी समानताको अधिकार दिन्छ, कसरी समान अवसर प्रदान गर्छ भन्ने सवालमा काम गरेकै छ,’ उनले भने।
नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ : मन्त्री साह

काठमाडौं, साउन १५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन्।

बिहीबार राजधानीमा ४० जना सांसदहरुसँग ‘नेपालले सिड रिपोर्टमा के पठाउँदै छ?’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले नेपालको संविधान र सरकारी प्रयासले महिला–पुरुषबीच समानता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

Hardik ivf

‘हाम्रो देशले राम्रो प्रगति गरेको छ। हाम्रो संविधानले महिला र पुरुषलाई कसरी समानताको अधिकार दिन्छ, कसरी समान अवसर प्रदान गर्छ भन्ने सवालमा काम गरेकै छ,’ उनले भने।
 
मन्त्रालयले दुईवटा समितिहरू गठन गरेको जानकारी दिँदै सिडको सेन्ट्रल कमिटीमा २३ सदस्य रहेको र तीमध्ये एकजना नेपाली प्रतिनिधि रहेकोमा गौरव उनले व्यक्त गरे। 

मन्त्री साहले मधेस प्रदेशमा महिलाको हकमा ५० प्रतिशत आरक्षण लोकसेवा आयोगमार्फत लागू गराएको दाबी पनि गरे।

‘हाम्रो मन्त्रालयले दुईवटा कमिटी बनाएको छ। जसमा सिड्को सेन्ट्रोल कमिटी छ, त्यसमा २३ जना सदस्य हुनुहुन्छ। त्यसमा पनि नेपालले गौरव गर्नुपर्ने स्थान ओगेटेको छ। जसमा एकजना नेपालको पनि सदस्य हुनुहुन्छ,’ उनले भने, ‘महिलाको सम्बन्धमा धेरै काम गरेको छु र गर्दै आएको छु। सातवटै प्रदेशमध्ये मधेश प्रदेशमा मंैले ५० प्रतिशत आरक्षण गराएको छु, जुन ऐतिहासिक कदम हो।’
 

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, साउन १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्