Kathmandu Press

बानियाँले गरे पदभार ग्रहण, मुख्यमन्त्री लामा पनि उपस्थित

निवर्तमान दलका नेता बहादुरसिंह लामाले खादा, माला लगाएर नवनिर्वाचित दलका नेता बानियाँलाई पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए।
बानियाँले गरे पदभार ग्रहण, मुख्यमन्त्री लामा पनि उपस्थित

मकवानपुर, साउन १४ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएसँगै इन्द्रबहादुर बानियाँले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्। 

निवर्तमान दलका नेता बहादुरसिंह लामाले खादा, माला लगाएर नवनिर्वाचित दलका नेता बानियाँलाई पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए।

२०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता चयन भइ प्रदेशको मुख्यमन्त्री बनेका थिए । आज सम्पन्न दलको निर्वाचनमा इन्द्र बहादुर बानियाँले लामालाई दलको नेतामा पराजित गर्दै नेतामा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १८:४४ बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्