Kathmandu Press

बलात्कार पीडित भनिएकी युवतीविरुद्ध अहिराजले दिए ‘आपराधीक लाभ’को मुद्दा 

बलात्कार पीडित भनिएकी युवतीविरुद्ध अहिराजले दिए ‘आपराधीक लाभ’को मुद्दा 

 

काठमाडौं, साउन १४ : बलात्कारको अभियोगमा मुद्दा चलाइएका पूर्व मधेस प्रदेश प्रमुख राजेश अहिराजको जाहेरीको आधारमा पीडित भनिएकी युवतीविरुद्ध जिल्ला अदालत काठमाडौँमा अर्को मुद्दा दर्ता भएको छ। 

अहिराजबाट पीडित भनिएकी युवतीविरुद्ध अहिराजको जाहेरी अनुरुप  आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको भएको हो। 

यसअघि मंगलबार बलात्कारको आरोपमा डा. अहिराजविरुद्ध मुद्दा दायर भएको थियो। अहिराज बलात्कारको आरोपमा गत ४ साउनमा पक्राउ परेका थिए। 

बुधबार दर्ता भएको आरोपपत्रमा अहिराजले युवतीले धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रूपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिएको दाबी लिइएको छ। 

काठमाडौं अदालतमा दर्ता भएको आरोपपत्रमा पीडित भनिएकी युवतीले सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दाबी अहिराजले गरेका छन् । यवतीले आफ्नो डेरामा पुगेर अहिराजले बलात्कार गरेको आरोप अहिराजविरुद्ध लगाएकी छन्। 

पीडित भनिएकी ति युवतीले आफूलाई २०८१ साल जेठ ४ गते नयाँ बानेश्वरस्थित कोठामा बलात्कृत भएको प्रहरी बयानमा बताएकी छन्। अहिराजलाई बलात्कार अभियोगमा सात वर्षदेखि १० वर्षसम्म जेल सजायको माग राखेर अहिराजविरुद्ध मुद्दा दर्ता गरिएको थियो। 

 

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्