Kathmandu Press

दुई हजार नेपाली सुनौली नाकामा अलपत्र

भैरहवा, वैशाख २९ : भारतमा लकडाउन केही खुकुलो भएसँगै स्वदेश फर्किएका दुई हजारभन्दा बढी नेपाली सुनौली नाकामा अलपत्र परेका छन्। भारतको विभिन्न स्थानबाट स....

दुई हजार नेपाली सुनौली नाकामा अलपत्र

भैरहवा, वैशाख २९ : भारतमा लकडाउन केही खुकुलो भएसँगै स्वदेश फर्किएका दुई हजारभन्दा बढी नेपाली सुनौली नाकामा अलपत्र परेका छन्। भारतको विभिन्न स्थानबाट स्वदेश फर्किएका नेपाली स्वदेश प्रवेश गर्न नपाएपछि नाकामै रोकिएका हुन्।

सोमबार मात्रै तीन सयभन्दा धेरै नेपाली बेलहिया नाकामा आइपुगेका छन्। गोरखपुरसम्म बस र रेलमार्फत आएका उनीहरू त्यहाँबाट हिँडेरै बेलहिया आइपुगेका हुन्। 

सीमानामा करिब दुई हजार नेपाली जम्मा भएको बसेको बलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारी बताउँछिन्। यसरी आउनेमा सुत्केरी र बालबालिका समेत रहेको उनले बताए।

ती मध्ये भारतीय क्वारेन्टाइनमा करिब एक हजार जना बसेका छन्। बाँकी नेपाली सडक किनारा, बसपार्क, धार्मिक मठमन्दिरलगायतका ठाउँमा अलपत्र अवस्थामा बसिरहेका छन्।

यसअघि सरकारले बेलहियामा अलपत्र परेका तीन सय नेपालीलाई स्वदेश भित्र्याएको थियो। त्यसपछि भने नाकामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनेतर्फ पहल गरेको छैन। 

सोमबार दिउँसो तीन सयभन्दा धेरै नेपाली बेलहिया प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेको छ। साथै, भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी उनीहरूलाई भारततिरै फर्काइएको छ।

उनीहरूलाई भारतीय प्रहरीले ज्वरो नापेर क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ। 

प्रकाशित मिति: १७:३० बजे, सोमबार, वैशाख २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्