Kathmandu Press

‘तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन’

‘तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन’
फाइल तस्बिर।

मोरङ, साउन १४ : नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार ८४ सम्मै रहने बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

Hardik ivf

उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव पनि दिए।

यस्तै नेता कोइरालले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए।

राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएको बताउँदै सोहीअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफूले छलफल गरेको उल्लेख गरे।

‘राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ,’ उलने भने। 

नेता कोइरालाले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने बताए। 

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, साउन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्