राष्ट्रियसभामा प्रधानमन्त्रीले भने– भ्रष्टाचार गर्ने कसैलाई छाड्दिन
‘फ्याट झुक्किएर मान्छेले के भन्छ भने सरकार भ्रष्टाचारको पर्याय भएको छ। एक दुई भ्रष्टाचारीलाई कारबाही गरिदिएपछि देख्यौ त भ्रष्टाचार गरेको रहेछ नि ऊ !,’ उनले भने, ‘कारबाही गरेपछि भ्रष्टाचार भएको छलंगै देखियो त । कारबाही नगरेको राम्रो?, कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न।’
काठमाडौं, साउन १४ : प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताएका छन्।
बुधबार राष्ट्रिय सभामा सम्बोधन गर्नेक्रममा भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको उल्लेख गरे।
सोच्दै नसोची विरोधीहरुले सरकार भ्रष्टाचारको पर्याय भएको आरोप लगाउने गरेको उनले बताए।
‘फ्याट झुक्किएर मान्छेले के भन्छ भने सरकार भ्रष्टाचारको पर्याय भएको छ। एक दुई भ्रष्टाचारीलाई कारबाही गरिदिएपछि देख्यौ त भ्रष्टाचार गरेको रहेछ नि ऊ !,’ उनले भने, ‘कारबाही गरेपछि भ्रष्टाचार भएको छलंगै देखियो त । कारबाही नगरेको राम्रो?, कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न।’
यस्तै, प्रधानमन्त्री ओलीले समयसीमाभित्र छलफल सीमित गरेको भन्दै राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गरे। उनले भने, ‘सबै वेल प्रिपेयर्ड । बहसको यो शैली, यो तरिका र गहिराइसहितको छलफलका लागि धन्यवाद भन्न चाहन्छु।’



-1765194974.jpg)





-1765194974.jpg)


