Kathmandu Press

भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी 

बैठक बस्नुअघि रास्वपाका नेताहरुले सहकारी ठगी आरोपमा भैरहवा जेलमा रहेका सभापति रवि लामिछानेलाई भेटेका थिए। 
भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी 

रूपन्देही, साउन १४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा बसिरहेको छ। 

बैठक बस्नुअघि रास्वपाका नेताहरुले सहकारी ठगी आरोपमा भैरहवा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए। 

Hardik ivf

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुुसार संसदीय दलको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, संसदमा रास्वपासहितका विपक्षीको माग, संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडानलगायत विषयमा समीक्षासहित रणनीति तय गर्ने बिषयहरुमा छलफल गरिने छ। 

बैठक समापनपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरु पनि सहभागी हुने जनाइएको छ। 

प्रकाशित मिति: १४:३० बजे, बुधबार, साउन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्