Kathmandu Press

नाउपा अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाइएको जानकारी निर्वाचन आयोगमा

नाउपाका अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण दर्शाउँदै श्रेष्ठलाई पदबाट हटाइएको जनाइएको छ।
नाउपा अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाइएको जानकारी निर्वाचन आयोगमा

काठमाडौं, साउन १४ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले बुधबार रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएको छ। 

नाउपाका अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण दर्शाउँदै श्रेष्ठलाई पदबाट हटाइएको जनाइएको छ। 

घुसकाण्डमा मुछिएपछि श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन्। नाउपा नेता रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न भनेको थियो। 

श्रेष्ठले तोकिएको समय भित्र स्पष्टीकरण दिन अस्विकार गरेकी थिइन् । त्यसपछि उनलाई अध्यक्ष पदबाटै हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो। 

नाउपा अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने भएको छ। 

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्