Kathmandu Press

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुनेछ
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं, साउन १४ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ। आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। 

बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।

स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो। 

माओवादी केन्द्रले गत फागुनमा अभियानअन्तर्गत मध्यपहाडी लोकमाग अभियान चलाएको थियो। उक्त अभियानलाई निरन्तरता दिने वा महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बस्दैछ। 

प्रकाशित मिति: ११:२० बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्