Kathmandu Press

बागमती कांग्रेस संसदीय दलको नेतामा लामा र बानियाँले दिए उम्मेवारी

आजै २ बजेदेखि ३० बजेसम्म संसदीय दलको नेता चयनका लागि मतदान हुनेछ। 
बागमती कांग्रेस संसदीय दलको नेतामा लामा र बानियाँले दिए उम्मेवारी

मकवानपुर, साउन १४ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश सभापति इन्द्र बानियाँले उम्मेदवारी दिएका छन्। 

मंगलबार मात्रै संसदीय दलका नेता तथा मुख्यमन्त्री लामाले संसदीय दलमा विश्वास गुमाएका थिए भने उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको थियो। अविश्वासको प्रस्तावका पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो।

लगत्तै, संसदीय दलले नेता चयनका लागि निर्वाचन समिति गठन गरेको थियो। सोही अनुसार आज निर्वाचन हुन लागेको हो। 

आजै २ बजेदेखि ३० बजेसम्म संसदीय दलको नेता चयनका लागि मतदान हुनेछ। 

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, साउन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्