अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं, वैशाख २९ : भारतले अतिक्रमण गरेको नेपाली भू-भाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
भारतले नेपाली ....

काठमाडौं, वैशाख २९ : भारतले अतिक्रमण गरेको नेपाली भू-भाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
भारतले नेपाली भू-भाग अतिक्रमण गरेर तिब्बतको मानसरोबर जोड्ने सडक निर्माण गरेको र उक्त भूभाग फिर्ता ल्याउन माग गर्दै अधिवक्तत्रय केशरजंग केसी, दीपेन्द्र अधिकारी र लोकेन्द्र ओलीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालयलाई विपक्षी बनाइएको छ।
नेपालले कूटनीतिक वार्ता र सम्वाद गरेर कब्जा भएको भूमि तत्काल फिर्ता ल्याउन सरकारका नाममा परमादेश जारी गर्न रिटमा माग गरिएको छ। नेपालले कूटनीतिक वार्ता गरेर यदि भूमि फिर्ता ल्याउन नसक्ने हो भने कब्जा भएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि माग गरिएको छ।
नेपाल र भारत दुवै संयुक्त राष्ट्र संघमा सदस्य भएको र राष्ट्र संघको बडापत्र दुवै देशले पालना गर्नुपर्ने रिटमा माग गरिएको छ। वर्षौंवर्षदेखि भूमि कब्जा गरेर सडक निर्माण हुँदासम्म नेपाल सरकार के हेरेर बस्यो भन्ने प्रश्न पनि रिटमा गरिएको छ।











