चीनले नेपाललाई दियो ४० हजार थान पीसीआर टेष्ट किट
काठमाडौं, वैशाख २९ : चीनले नेपाललाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
सोमबार स्वास्....

काठमाडौं, वैशाख २९ : चीनले नेपाललाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई पीसीआर परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्।
राजदूत होउले ४० हजार थान पीसीआर टेष्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान र सर्जिकल मास्क ८ लाख थान स्वास्थ्यमन्त्री ढकाललाई हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोग प्रसंशनीय रहेको बताए। उनले भने,‘कोरोनाको उपचारका लागि चीनले नेपाललाई अभाव भएका स्वास्थ्य सामग्री उपलब्ध गराएर असल छिमेकीको भूमिका निर्वाह गरेको छ। हामी चिनियाँ सहयोगको प्रशंसा गर्दछौं।’











