Kathmandu Press

पूर्व भूमिसुधार सचिव पन्तलाई ५ लाख धरौटीमा छाड्न आदेश 

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई मंगलबार ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। 
पूर्व भूमिसुधार सचिव पन्तलाई ५ लाख धरौटीमा छाड्न आदेश 

काठमाडौं, साउन १२ : पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट भ्रष्टाचार प्रकरणमा मुछिएका तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई विशेष अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ।   

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई मंगलबार ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। 

हदवन्दीको  जग्गा सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी भ्रष्टाचारमा संलग्न रहेको आरोप अख्तियारले पन्तविरुद्ध लगाएको छ। उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ। 

पूर्व भूमिसुधार सचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा परेर आफूले प्रस्ताव पेस गरेको बयान विशेष अदालतमा दिएका छन् । पन्त तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री समेत भएका थिए । यो मुद्दामा विशेष् अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटी छाड्न आदेश दिइसकेको छ ।
 

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, साउन १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्