समाजवादी मोर्चाको बैठक सुरु
बैठकमा समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम जस्ता विषयमा छलफल चलिरहेको बताइएको छ।
काठमाडौं, साउन १२ : चार दलीय समाजवादी मोर्चाको बैठक शुरु भएको छ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम जस्ता विषयमा छलफल चलिरहेको बताइएको छ।
बैठकमा विशेषगरी मोर्चालाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ । मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लप’ मोर्चाले अभियान चलाउन र अपिल गर्न नसकेको भन्दै विघटन गरे पनि हुने धारणा राख्दिै आएका छन्।
गत चैत १५ गते काठमाडौँमा विरोधसभा गरे यता निस्क्रिय रहेको भन्दै मोर्चाभित्रै असन्तुष्टी बढेको अवस्थामा बैठक बसेको हो। मोर्चामा नेकपा, माओवादी, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी रहेका छन्।
समाजवादी मोर्चाको बैठकमा भरखरै एकीकृत समाजवादीमा समाहित भएका वामदेव गौतम पनि सहभागी छन्। दोस्रो वरियतामा सम्मानित नेता झलनाथ खनाल रहे पनि मोर्चाको बैठकमा संलग्न छैनन्।












