Kathmandu Press

शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी काम चाँडै सकिन्छ : मन्त्री चौरसिया

ब शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम गर्ने र शान्ति सम्झौताको समयमा भएका सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको उनले बताए। 
शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी काम चाँडै सकिन्छ : मन्त्री चौरसिया

काठमाडौं, साउन १३ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम तिव्र गतिमा सम्पन्न गरिने बताएका छन्।

मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी विधेयक सर्वसहमतीले पास भइसकेको भन्दै अब शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम गर्ने र शान्ति सम्झौताको समयमा भएका सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताए। 

‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गरिनेछ । यसको विधेयक पनि सर्वसहमतिले पास भइसकेको छ । शान्ति सम्झौताको समयमा भएका सहमती, समझदारी एंव सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको छ,’ उनले भने, जनआन्दोलन र जनयुद्ध, मधेश आन्दोलन लगायतको विविध राजनीतिक आन्दोलनमा घाइते एंव अपाङ्को सूचि अडिट गर्न देखिएको समस्याको खोजी समाधान गर्न उच्च स्तरीय समिति गठन गरिने छ।’

उनले अघिल्लो आर्थिक वर्षको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी बजेट वक्तव्यमा द्वन्द्व पीडितहरु परिवारलाई क्षतिपूर्ती, आर्थिक सहायता, पुनस्थापनाका लागि शान्ति कोषको स्थापना गरि एक अर्ब विनियोजन गरिएको पनि बताए। 
 

प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, साउन १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्