Kathmandu Press

पूर्वराष्ट्रिय फुटबलर रञ्जितलाई कोरोनाको संक्रमण

काठमाडौं, वैशाख २९ : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ।  

हाल युएईमा रहेका ....

पूर्वराष्ट्रिय फुटबलर रञ्जितलाई कोरोनाको संक्रमण
फाइल

काठमाडौं, वैशाख २९ : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ।  

हाल युएईमा रहेका श्रेष्ठले आफू कोरोनाको संक्रमणबाट गुज्रिरहेको पुष्टि सोमबार गरेका हुन्। आफूलाई चार दिनअघि कोरोनाको संक्रमण पुष्टि भएको बताउँदै श्रेष्ठले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका छन्।

कोरोनाको संक्रमण भएपछि आफू अहिले सेल्फ आइसोलेसनमा बसिरहेको पनि उनले बताएका छन्। पूर्वमिडफिल्डर श्रेष्ठले कोरोना लाग्दैमा आत्तिनु नपर्ने पनि बताएका छन्। ‘अहिले कोठामा एक्लै बस्दै आएको छु। साथीभाइहरु नडराउनु होला। डर मान्नु पर्ने खालको छैन।मेरो दोस्रो परीक्षणमा के हुन्छ त्यतिबेला म तपाईहरुलाई भन्नेछु,’ उनले भिडियोमा भनेका छन्।

श्रेष्ठ अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याचका खेलाडी हुन्। उनले सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद (साग) नेपाली राष्ट्रिय टिमबाट खेलेका थिए।
 

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्