Kathmandu Press

कुलिङ पिरियड विवादमा छानविन सकाएर प्रतिवेदन लेख्दै समिति  

कांग्रेस सांसद जीवन परियार नेतृत्वको समितिले शीर्ष नेतालगायत सम्बद्ध व्यक्तिहरुसँग सोधपुछको कार्य सकाएरप्रतिवेदन लेखनमा जुटेको हो। 
कुलिङ पिरियड विवादमा छानविन सकाएर प्रतिवेदन लेख्दै समिति  

काठमाडौं, साउन १३ : कुलिङ पिरियड विवादमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सोधपुछको काम सकाएर प्रतिवेदन लेखनमा जुटेको छ।

कांग्रेस सांसद जीवन परियार नेतृत्वको समितिले शीर्ष नेतालगायत सम्बद्ध व्यक्तिहरुसँग सोधपुछको कार्य सकाएरप्रतिवेदन लेखनमा जुटेको हो। 

प्रतिनिधिसभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियड विवादमा गत असार २३ गते संसदीय छानबिन समिति गठन गरेको थियो। 

परियार नेतृत्वको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन्।

सभामुख देवराज घिमिरेको समितिलाई दिएको २१ दिनको समय अपुग भएपछि सात दिनको समय थप गरिएको थियो। 

साउन १९ गतेसम्म लेखन कार्यसहित छानबिनको काम सकाएर प्रतिवेदन बुझाउने तयारीमा समिति जुटेको छ । आगामी साउन १९ गते प्रतिनिधि सभाको बैठक बस्ने तयारी छ। 

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, साउन १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्